काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही दिनमै धुलो चाट्ने दावी गरेका छन् ।
एकीकृत समाजवादीको भेलालाई हेटौँडामा शनिबार सम्बोधनका क्रममा नेपालले अबको निर्वाचनपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताए । उनले भने, ‘ओलीजस्तो फटाहा, गफाडी र व्यक्तिवादीले नेतृत्व गरेको एमाले दक्षिणपन्थीमा लागिसकेको व्यक्ति कोही छैन। अबको चुनावपछि केपी ओलीको नेकपा एमाले कता छ ? टर्च बालेर खोज्नुपर्छ।’
उनले कर्णाली र सुदूरपश्चिममा ओलीले ठूलो धक्का भोगिसकेको पनि बताए। ‘कर्णाली प्रदेशमा यो पार्टीले केपी ओलीलाई धुलो चटाइसकेको छ’ उनले भने, ‘हेर्दै जानुस् अब बागमती प्रदेश र प्रदेश १ मा पनि केपी ओलीले केही दिनमै धुलो चाट्ने छन्।’
अध्यक्ष नेपालले बागमती र प्रदेश १ का सरकार ढालेर आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री बनाउने संकेत गर्दै यस्तो भनेका हुन्।
‘नयाँ पार्टीको संकल्प बोकेर हामी यहाँ आएका छौँ। हामीले अरु भन्दा फरक हुन नै नयाँ पार्टी बनाएका हौँ’ उनले भने, ‘हामीले लामो यात्रा पार गरेर यहाँ आइपुगेका हौँ।’
उनले पुष्पलाल श्रेष्ठले पार्टी अघि बढाउँदा केशरजंग रायमाझीले पछि तान्न खोजेर कम्युनिष्ट पार्टीलाई दरबारमा सुम्पिएको पनि बताए। त्यसपछि पुष्पलालले विद्रोह गरेको उनले स्मरण गराए। उनले आफूहरुको पार्टी दिनदिनै बलियो हुँदै गएको पनि तर्क गरे।
‘कसैले भ्रम फैल्याउन खोज्छ भने त्यसमा नपर्नुहोला। यो पार्टीको भविष्य छैन भनेर भ्रम फैल्याएका छन’ उनले भने, ‘हामी कमजोर भनिएका लुम्बिनी र गण्डकीमा पनि बलियो उपस्थितिका साथ अघि बढेका छौँ। अन्यत्रको अवस्था अझै उत्साहप्रद छ। अब हामी वडादेखि बुथसम्म संगठन बनाउँछौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असोज २०७८, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’