एजेन्सी । भारतमा आयोजना भईरहेको आईपीएल–२०२१ को दोस्रो चरणको खेल अन्तरगत शुक्रबार चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हराएको छ ।
खेलमा बैंग्लुरुले जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा चेन्नईले उक्त लक्ष्य ११ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो । जीतसँगै महेन्द्र सिंह धोनीको टोली पुनः अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
लक्ष्य पछ्याउँदा चेन्नईलाई फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले राम्रो शुरुवात दिलाए । पहिलो विकेटका लागि ७१ रन जोडे । दुवैले क्रमशः ३१ र ३८ रनको योगदान दिए । त्यसपछि ब्याटिङ गर्न आएका मोइन अलीले २३ तथा अम्बाती रायडूले ३२ रनको योगदान दिए । अन्त्यमा सुरेश रैना र कप्तान धोनीले १७ र ११ रन बनाउँदै टोलीलाई जीत दिलाए ।
यूएईको मैदानमा बैंग्लुरुको यो लगातार सातौँ हार हो । आईपीएल १३ का दौरान विराट कोहलीको टोलीले सबै ५ खेल हारेको थियो । हाल टोलीले दुवै खेल हारिसकेको छ । खेलमा बैंग्लुरुको सुरुवात पनि राम्रो रहेको थियो । पहिलो विकेटका लागि कप्तान कोहली र देवदत्त पडिक्कले १११ रनको साझेदारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ असोज २०७८, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने