काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि पालिका तहको अधिवेशन सुरु हुँदै छ । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा नगर तथा गाउँपालिका तहको अधिवेशन हुन लागेको हो। त्यसमध्ये काठमाडौँसहितका केही जिल्लामा भने शनिबार पालिका तहको अधिवेशन नहुने भएको छ।
काठमाडौँमा असोज १६ गते पालिका अधिवेशन हुनेछ। अरु केही सीमितबाहेक वडा अधिवेशन सकिएका प्रायः सबै जिल्लामा पालिका तहको अधिवेशन हुने नेपाली कांग्रेसले जनाएको छ। कांग्रेस निर्वाचन समितिका अनुसार अधिवेशन बिहान १० बजेदेखि सुरु हुने छ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो। प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवादका कारण विवरण अझै सार्वजनिक हुन सकेको छैन। ती जिल्लामा वडा अधिवेशन नै हुन सकेको छैन।
कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ र नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो। त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असोज २०७८, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने
काँग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक
रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग, कांग्रेस फर्किए
सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
काँग्रेसको काठमाडौँ चुनावी सभा फागुन १७ गते तय, गगन र विश्वप्रकाशसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने