काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक करोड मात्रा खोप आउने सुुनिश्चित भएको बताएका छन् । संयुुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसङ्ख्यामध्ये कम्तीमा आधा जनसङ्ख्यालाई एक मात्रा खोप लगाउने जानकारी दिए ।
उनले हालसम्म एक चौथाइ बढीले खोपको पूर्णमात्रा पाइसकेको प्रस्ट पारे । अबको खोप अभियानका लागि एक करोड मात्रा खोप सुनिश्चित गरिएको समेत प्रधानमन्त्री देउवाले जानकारी दिए । उनले भने, “अबको हाम्रो ध्यान सक्रिय जनसङ्ख्याका रूपमा रहेको १२–१८ वर्ष उमेर समूूहलाई खोप लगाउनेतर्फ केन्द्रित रहेको छ ।
”प्रधानमन्त्री देउवाले नेपालले स्वास्थ्य पूर्वाधारमा सुधार, अक्सिजन र अत्यावश्यक चिकित्सा सामग्रीको आपूर्ति र परीक्षण सुविधाको विस्तारमा केन्द्रित भएको सम्मेलनमा जानकारी गराए । गोरखापत्रले खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०९ असोज २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता