काठमाडौँ । एमाले उपाध्यक्ष भीम रावल १० बुँदे सहमति कार्यान्वयन नभएकोमा भन्दै अध्यक्ष केपी ओलीसँग कड्किएका छन् । उनले एमालेमा १० बुँदे सहमति कार्यान्वयन नभएकोमा तीव्र असन्तुष्टि जनाएका छन्। शुक्रबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष रावलले १० बुँदे कार्यान्वयन नगर्ने भए खारेज गर्न ओलीलाई चुनौती दिएका थिए ।
‘१० बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन र जेठ २ अघिको संगठनात्मक संरचना कायम होस्। यदि १० बुँदे कार्यान्वयन नगर्ने हो भने खारेज भयो भनेर घोषणा गर्नुस्, सक्नुहुन्छ ? बैठकमा ओलीलाई प्रश्न गर्दै उपाध्यक्ष रावलले भने । रावलले यति भनेपछि पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठकबाट टुंगो लगाएर जाने प्रतिबद्धता गरेका थिए ।
केन्द्रीय सदस्य झपट रावलले अन्तर पार्टी निर्देशिका (अपानी)को कार्यान्वयन र १० बुँदेमा इमान्दार हुनुपर्ने बताएका थिए। उनले यसबारेको बुझाइमा एकरूपता कार्यान्वयन हुनुपर्नेमा तलतल बेइमानी भएको समेत गुनासो गरेका थिए। पार्टीको निर्देशन उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने भन्दा रावलले यसको निष्कर्षमा पुर्याएरमात्रै पार्टी बैठक अघि बढाउन भनेका थिए। केन्द्रीय सदस्यहरू भानुभक्त जोशी, सुरेन्द्र मानन्धर लगातयले पनि १० बुँदे इमान्दारपूर्वक कार्यान्वयन नभएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै