काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यताको विवाद आजै टुंग्याउने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको पदाधिकारी बैठकले १३ जिल्लामा देखिएका विवाद आजै टुंग्याउने सहमति गरेको हो ।
सहमहामन्त्री प्रकाशशरण महतका अनुसार १३ जिल्लामा देखिएका क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने सहमति भएको छ । प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन भएको छैन ।
कांग्रेसले ६४ जिल्लाको वडामा भने वडा अधिवेशन गरिसकेको छ । ती जिल्लामा शनिबार गाउँ÷नगर अधिवेशन हुनेछ । सहमहामन्त्री महतले केन्द्रीय महाधिवेशन सार्नेबारे छलफल नभएको पनि बताए ।क्रियाशील सदस्यताबारे देखिएका विवाद पटकपटक समाधान गरे पनि फेरि नयाँ–नयाँ विवाद देखिँदा १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र एमालेमा को बन्लान् दल नेता ?
कर्णालीमा पहिलो दल काँग्रेस
बाजुरामा काँग्रेसका जनकराज गिरी विजयी
रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित
जाजरकोटमा काँग्रेसका बुढा विजय
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी