राष्ट्रियसभाको बैठकमार्फत दुई विधेयक बहुमतले पारित

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, १३ : ०३
राष्ट्रियसभाको बैठकमार्फत दुई विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित पेश गरेको दुई विधेयक बहुमतले पारित भएको छ । बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त दुई विधेयक पारित गरी राष्ट्रियसभामा पठाएको थियो । नयाँ बजेटका आश्रित यी दुई विधेयकलाई राष्ट्रियसभाले पारित गरेपछि संघीय संसदबाट बजेट पारित हुन्छ । विनियोजन विधेयक २०७८ लाई भने राष्ट्रियसभाबाट बिहीबार नै पारित भएको थियो ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरी पठाइएको प्राप्त पत्र पढेर सुनाएका थिए ।बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले उभिएर विरोध जनाएका थिए ।