समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले दिए सामूहिक राजीनामा

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, १२ : १३
समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले दिए सामूहिक राजीनामा

काठमाडौं । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए ।

राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनसमेत आयोजना गरिएको खातीले बताए ।

प्रतिक्रिया दिनुहोस