काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी सङ्गठनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही नगरेकामा आपत्ति जनाएकाछन् ।
एमालेको काठमाडौँ उपत्यका विशेष प्रदेश कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले निजामती कर्मचारी सङ्गठनको बबरमहलस्थित कार्यालयमा कर्मचारीकै एक समूहले आक्रमण गरेको र सुरक्षाकर्मीले सङ्गठनका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएकामा विरोध गरे ।
कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपालले नयाँ पार्टी खोलेर कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताए । पार्टीका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले विशेष क्षेत्रका कार्यकर्ताले विशेष ढङ्गले काम गरेर भूगोलको राजनीतिक कामलाई पनि सघाउनुपर्ने बताए ।
सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यले पार्टीको भूगोल कमिटीमा प्रत्यक्ष आबद्ध भएर काम गर्न नमिल्ने, कामको प्रकृतिको हिसाबले उपत्यकामा अनेकौँ काम विशेषका कारणले आफ्नो जन्मथलोबाट उपत्यका आएर बसेका सामुदायिक, पेशागत तथा सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिलाई देशको राज्यको मूल प्रवाहमा ल्याउने र आफ्नो सीप, अनुभव, विज्ञता, योग्यता र क्षमतालाई राष्ट्र निर्माण र जनताको सेवामा समर्पित गर्दै काम गरेका व्यक्तित्वलाई सङ्गठित गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०७ असोज २०७८, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली