काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन् । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मूल्य, मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
पार्टीनिकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने पनि बताए ।
उनले भने– जनताको बहुदलीय जनवादलाई हामीले आत्मासात गर्न चाहन्छौं । र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं । विश्वका विभिन्न देशहरुमा कम्युनिष्ट पार्टीहरुमा एकसे एक नेताहरुको उदय भएको छ । र उनीहरुको महत्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिष्ट आन्दोलन निरन्तर रुपमा अगाडि बढेको छ ।
अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने काम अघि बढाउने बताए ।अध्यक्ष नेपालले पार्टीका युवाहरुले कृषि फार्म, माछापालन, तरकारीखेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काममा लाग्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधवकुमार नेपालले गरे रौतहट-१ बाट उम्मेदवारी दर्ता
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन