काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैं छ । दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।
आज आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ। एमालेको अवरोधबीच नै सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएर पारितसमेत गरिसकेको छ।
एमालेले आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेर पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाउँदै आएको छ।एमाले विभाजन भई माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर