सत्तारुढ गठबन्धनमा मिल्यो मन्त्रालयको भागबन्डा, कसले कति पाउँदैछन् ‘मालदार’ मन्त्रालय ?

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १९ : २४
सत्तारुढ गठबन्धनमा मिल्यो मन्त्रालयको भागबन्डा, कसले कति पाउँदैछन् ‘मालदार’ मन्त्रालय ?

काठमाडौँ । नेपाली नेपाली कांग्रेससहितको सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा मिलाएका छन् । सत्तारुढ गठबन्धनको यतिबेला बैठक चलिरहेको छ । लगभग उनीहरुले मन्त्रालयको भागवन्डा मिलाएका स्रोतले जनाएको छ । कुन पार्टीका सांसदले कुन मन्त्रालय लिने भन्ने टुङ्गो लागेको छैन । 

सहमतिलाई शीर्ष नेताहरुको बैठकले अन्तिम रूप दिने र भोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि बिहीबार मन्त्रिमण्डल विस्तार हुने बताएका छन्। बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकारलाई पूर्णता दिनेबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका थिए। 

जनता समाजवादी पार्टी जसपाले प्रतिनिधि सभामा पेस भएको अध्यादेश फिर्ता नभई सरकारमा सहभागी नहुने अडान लिएको छ। त्यसैले प्रतिनिधि सभामा पेस भएको अध्यादेशलाई प्रतिस्थापना विधेयक ल्याइने तयारी छ। प्रतिनिधि सभाको बैठक भोलि बिहीबार बस्दै छ। भोलि राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक ल्याइनेछ ।

संघीय सरकारमा प्रधानमन्त्रीसहित २२ वटा मन्त्रालय छन् । संवैधानिक प्रावधानअनुसार २५ जनाभन्दा बढी मन्त्री बनाउन पाइने छैन।  सोही आधारमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाइएको हो। मन्त्रालयको भागबन्डा गर्दा सबै दलको समान हैसियत कायम राख्ने समझदारी बनेको छ।

प्रधानमन्त्री रहेका देउवाले ७ मन्त्रालय लिने समझदारी छ। माओवादी केन्द्रले ६ मन्त्रालय र १ राज्य मन्त्री पाउनेछ। नेकपा एकीकृत समाजवादीले ५ मन्त्री र १ राज्य, जनता समाजवादी पार्टी ९जसपा० ले ४ मन्त्री र १ राज्यमन्त्री लिने सहमति भएको छ। 
 

प्रतिक्रिया दिनुहोस