काठमाडौं । नेपाली काँग्रेसले विभिन्न तहका अधिवेशन तालिका परिवर्तन गर्ने भएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार असोज नौ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको हो ।यसअघि काँग्रेसले ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । योसँगै काँग्रेसको प्रदेश अधिवेशन पनि सर्ने देखिएको छ । काँग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, १८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस