प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि...

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १६ : ४०
प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि...

काठमाडौं । अभिनेता तथा गायक प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि उनीहरुले खण्डन गरेका छन् ।  सामाजिक संजालबाट प्रशान्त तामाङको मृत्युको हल्ला  खबर फैलिएपछि  प्रशान्त र उनकी पत्नी मार्था तामाङले विज्ञप्ति नै जारी गरेर यसको खण्डन गरेका छन् । उनकी पत्नी मार्थाले मृत्यु हल्लाको खण्डन गर्दै आफ्नो श्रीमान जीवित र स्वस्थ रहेको कुरा बताएकी छिन् ।

मार्था लेख्छिन् ‘सामाजिक संजालमा फेक न्यूज फैलिएपछि म यो लेख्न बाध्य छु । मेरो श्रीमान भगवानको आशिर्वादले जीवित र स्वस्थ हुनुहुन्छ । मेरो परिवार, आफन्त र साथीभाइले फोन र म्यासेज गरेर चासो दिनुभएको छ । चासो र मायाप्रति धन्यवाद ।’

उनले हल्ला फैलाउने त्यहाँका स्थानिय मिडियालाई उजुरी गर्ने समेत बताएकी छिन् । आफ्नै मृत्युको हल्ला फैलिएपछि प्रशान्तले पनि लेखेका छन्  ‘मेरो आयु अझै लामो होस् भनी शुभकामना दिनुभएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस