नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्तारुढ गठबन्धनको निर्णय, सपथ भोलि

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, २० : ४२
नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्तारुढ गठबन्धनको निर्णय, सपथ भोलि

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको गठबन्धनले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो । खड्काको सपथ भोलि हुने भनिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व, कोभिड खोपमा कुटनीतिक पहल गर्न आवश्यक भएकाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय बालुवाटार भएकाे स्ाेतकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस