कोरोनाले भारतमा थप २४ हजार ९२५ संक्रमित, २५१ संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, १२ : १९
कोरोनाले भारतमा थप २४ हजार ९२५ संक्रमित, २५१ संक्रमितको मृत्यु

काठमाडौँ । भारतमा थप २४ हजार ९ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ७ सय ४४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख १५ हजार २६९ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २५१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ४१६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस