माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्दाहेर्दैमा

सफल खबर संवाददाता

सोमबार, ०४ असोज २०७८, १६ : ५८
माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । सर्वोच्च अदालतमा माधव नेपालसहित १४ जना सांसदको मुद्दामा भइरहेको आजको बहस हेर्दाहेर्दैमा टुंगिएको छ। न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसिकएपछि हेर्दाहेर्दैमा टुंगिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बहस नसकिएका कारण भोलि पनि सुनुवाइले निरन्तरता पाउने जानकारी दिए।आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेका थिए।

एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस