काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् ।
एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै पोखरेलले एकतापछि मात्र पार्टीमा चार लाख सदस्य थपिएका र तीमध्ये अधिकांश युवा रहेको दाबी गरेका छन् ।
उनले माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि एमालेले केन्द्रमा २० प्रतिशत नेता गुमाएको उल्लेख गरेका छन् भने प्रदेश र स्थानीय तहसमेतका गरेर १० प्रतिशत जनप्रतिनिधि पार्टीले गुमाएको उल्लेख गरेका छन् ।
प्रतिवेदनमा उनले पार्टीको सदस्य वढेको बताए पनि १० बुँदे सहमतिले भने २ जेठ २०७५ अघिका संगठित सदस्यले मात्र महाधिवेशनमा भाग लिन पाउने भनेको छ ।
पोखरेलले थप भएका सदस्यको आगामी महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्ने विषयमा भने केही उल्लेख गरेका छैनन् ।
एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ । बैठकमा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भूसालसहितका नेताहरू सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असोज २०७८, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८४ मा एमालेको बहुमत आउने गरी काम गर्न ईश्वर पोखरेलको निर्देशन
वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै रहन्छ : ईश्वर पोखरेल
आर्थिक समृद्धि हासिल गर्न दलहरुबीचमा थप एकता आवश्यक : ईश्वर पोखरेल
एमाले बाहेकका पार्टीले देश चलाउन सक्दैनन् : ईश्वर पोखरेल
दार्चुलाको विकासमा एमालेको अहम् भूमिका छ : ईश्वर पोखरेल
एमालेमाथि चौतर्फी हमला भइरहेको छ: ईश्वर पोखरेल