विभूषण नलिने घोषणा गर्नेहरु कोको छन् ?

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, ११ : १३
विभूषण नलिने घोषणा गर्नेहरु कोको छन् ?

काठमाडौँ । पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । यस्तै पत्रकार हरिबहादुर थापाले पनि सुप्रबल जनसेवाश्री पदक अस्वीकार गर्ने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो । 

वर्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेको सिंहको भनाइ छ । यस्तै सायमीले पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विभूषण नलिने निर्णयमा पुगेको बताए ।

सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,’ पत्रकार हरिबहादुर थापाले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस