काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ जनाको कैद कट्टा गरेकी छन् भने राष्ट्रपति भण्डारीले ८ जनालाई आममाफी गरेकी हुन्।
‘असोज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राईसहित ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय माफी भएको छ।
संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा १ सय ५९ को प्रावधानअनुसार ८ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असोज २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति बौद्धमा, विश्वशान्तिको कामना गर्दै उडाए परेवा
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
राष्ट्रपति र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त