‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ :  ओली

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, ०८ : १०
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ :  ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन्। सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन्।

संविधानले सार्वभौमसत्ता सम्पन्न तुल्याएका जनता नै जनार्दन भएकाले एमालेको निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने सङ्कल्प रहेको सन्देशमा उल्लेख गरेका छन्। उनले संविधान मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र नभई लोकतन्त्रप्रति निष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको बताएका छन्।  

“राष्ट्रलाई एकताको सूत्रमा बाँधेर जनतामा अन्तर्निहित सार्वभौमसत्ता, कानुनको शासन, सामाजिक न्याय र जनताका आधारभूत हक अधिकारको सुनिश्चित गर्ने वर्तमान संविधान सामन्तवादको अन्त्य गर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको छ”, उनले सन्देशमा भनेका छन्। 

उनले जारी गरेको सन्देश यस्तो छ :
सातौँ संविधानदिवस तथा राष्ट्रिय दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीदिदीबहिनीतथादाजुभाइहरुमाहार्दिक बधाई एवं शुभकामनाव्यक्तगर्दछु । सातदशकको  निरन्तर राजनीतिक संघर्ष र बलिदानको प्रतिफलस्वरूपजनताद्वारा  निर्वाचित संविधानसभाले २०७२ सालअसोज ३ गते जारी गरेको नेपालको संविधानप्रतिआजहामी सम्मानव्यक्तगरिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाकालागिभएकाविभिन्नजनआन्दोलनमाजीवनउत्सर्ग गर्ने शहीदहरूप्रति यस अवसरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । विभिन्न  राजनीतिकआन्दोलनमाहामीलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रतिआदरभाव प्रकट गर्दछु ।

हाम्रो संविधानमुलुकको राजनीतिक प्रणाली व्यवस्थितगर्ने दस्तावेज मात्रहोइन,लोकतन्त्रप्रतिको हाम्रो अविचलनिष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको छ । राष्ट्रलाई एकताको सूत्रमाबाँधेर जनतामाअन्तर्निहित सार्वभौमसत्ता, कानूनको शासन, सामाजिकन्याय र जनताकाआधारभूतहकअधिकारको सुनिश्चितगर्ने वर्तमान संविधान सामन्तवादको अन्त्यगर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको छ ।
संविधानजारी भएपछिको आमनिर्वाचनद्वारा सरकारको नेतृत्वगर्ने जनादेश हाम्रो पार्टी नेकपा(एमाले)लाई प्राप्तभएको थियो । यस दौरानमाहामीले संघीयतालाई व्यवहारमाकार्यान्वयन  र  जनताकामौलिकहक सम्बन्धीकानूनहरुको निर्माणग¥यौँ । संविधानले गरेको मार्गदर्शन अनुरूपदेशको समृद्धि र जनताको सुखकोराष्ट्रिय आकाङ्क्षाप्राप्तिकालागिविकासको गतिलाई तीब्रतादिनहामीले नेतृत्वदायीभूमिका खेल्यौँ । पार्टीका नीति र कार्यक्रममाआधारित, घोषणापत्रमा उल्लेखित र निर्वाचनमाजनतासामु गरिएका प्रतिवद्धता पूरा गर्न हाम्रो परिकल्पनालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को रुपमा शुत्रबद्ध गरी त्यसलाई परिपूर्ण लोकतन्त्र (कम्प्रिहेन्सीभ डेमोक्रेसी)का रुपमाव्याख्याग¥यौं । सबैलाई समानअधिकार, अवसरमा समानपहुँच, समानताको प्रत्याभूति, सामाजिकन्याय र सुरक्षाएवं सम्मानको ग्यारेन्टी सहितको परिपूर्ण लोकतन्त्रहाम्रो परिकल्पना र कार्यक्रमको सार हो । 

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले अथक मेहनतसाथचालेका कदमले मुलुकमाविकास र समृद्धिको नयाँआधारशीला खडा गरेको छ । अहिले नेकपा (एमाले)को भूमिका सत्तापक्षबाट प्रतिपक्षमाबदलिएको छ । तथापिहामीले निर्माण गरेको समृद्ध नेपाल सुखी नेपालीको आधारशीलामाथिप्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई हामी सफलहुनदिने छैनौँ । मुलुकको समृद्धि र जनताको सुख प्राप्तिको राष्ट्रिय आकाङ्क्षामाथि संविधानको गलतव्याख्या गरी खडा गरिएको अवरोध र षडयन्त्रलाई जनताको बलमा परास्तगर्न हामी सक्षम छौँ । मुलुक र जनताप्रतिको हाम्रो निष्ठा र त्यसप्रतिको जनविश्वास हाम्रो अजेय शक्तिको स्रोत हो ।

मुलुकलाई विकास र समृद्धितर्फ लैजानहामीले खडा गरेको आधारभूमिको जगमाउभिएर हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेछौँ । राष्ट्रको यस आकाङ्क्षाप्राप्तिको संवाहक र नेतृत्वदायीशक्ति नेकपा(एमाले)को यस दूरगामीयात्रालाईजनताको स्नेह प्राप्तभइरहने छ भन्ने हाम्रोविश्वास छ ।  जनताको बलिदानी संघर्षबाट प्राप्त यस संविधानजारी हुँदाका समयमासंविधानप्रतिफरक मत राख्ने राजनीतिकदलएवं समूहहरूपनि नेकपा (एमाले)को नेतृत्वको सरकारले गरेका प्रयासका कारण राजनीतिको मूलप्रवाहमा सामेल भइसकेका छन् । पृथकतावादको अभियान र राजनीतिकशक्तिप्राप्तगर्न हिंसाको नीतिअवलम्बन गरेका शक्तिहरुलाई पनिहामीले संवैधानिकप्रवन्ध अनुरुपको अभ्यासमा सामेल गर्ने सफलताप्राप्त गरेका छौँ ।

हाम्रो पार्टीले नेतृत्व गरेकै सरकारले राष्ट्रिय सहमतिद्वारा संविधान संशोधन गरी कालापानी–लिपुलेक–लिम्पियाधुरा सहितको भूगोल नेपालको मानचित्रमा समावेश गरेको छ । संविधाननिर्माणका बेलामा समेत प्राप्तहुननसकेकोसर्वसम्मतराष्ट्रिय अभिव्यक्तिनेकपा (एमाले)को नेतृत्वको सरकारले यस क्रममानिर्माण गरेको थियो । हामीलाई जालझेलपूर्ण तवरले सरकारबाट हटाइएपछि गौरवपूर्ण यस राष्ट्रिय उपलब्धिलाई समस्याका रुपमा देख्ने र राष्ट्रको स्वाधीनतातथासार्वभौमसत्ताप्रतिउदासीन रहने अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीनप्रवृत्तिलाई जनताले चिन्हितगरिरहेका छन् ।

हाम्राऐतिहासिकप्रयासले प्रमाणित गरेको छ– हामी मुलुकबाट गुमाइएकोभूभागफिर्ता गर्न प्रयासरत थियौँ र राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलताप्राप्तगरिरहेका थियौँ । मुलुकलाई विकासको तीव्र गतिमाअघि बढाएर नवविनर्माणको नयाँयुगको थालनीगरिरहेका थियौँ । जनादेशद्वारा स्थापितहाम्रो नेतृत्वमायस्ता युुगान्तकारी कामहरुभइरहेका बेला संविधानले परिभाषित गरेका राज्यकाअंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्तव्याख्या÷अपव्याख्याद्वारा यसमाअवरोध पुु¥याउने बिडम्बनापूर्ण अवस्थाहामीले देख्यौँ र भोग्यौँ । यसले मुलुकको दूरगामीयात्रालाई अल्मल्याउने काममात्रमात्र गरेन, संविधानप्रतिको जनताको आस्थामाथि समेत चोट लगाउन पुुग्यो । 

नेकपा (एमाले) आफ्नो नेतृत्वको सरकारले राष्ट्रको समृद्धि र जनताको सुख हासिलगर्न  गरेको नेतृत्वदायीभूमिका र सफलतालाई गर्वसाथजनताको बीचमा राख्दै अघि बढ्न तत्पर छ । विविधअवरोधका कारण एमालेको नेतृत्वको सरकारलेचाहेर पनिगर्न बाँकी रहेका कामलाई जनताबाट थपशक्तिहासिल गरेपछि पूर्णतादिने अठोट गरेको छ । आफ्नो भूमिकाकाबारेमाजनताको अदालतमा परीक्षितहुननेकपा (एमाले) सदैव तत्पर छ । जनताकै अपार स्नेह र समर्थनबाट फेरि मुलुकको नेतृत्वगर्न हामी सफलहुनेछौँ । संविधानले सार्वभौमसत्तासम्पन्नतुल्याएकाजनता नै हाम्राजनार्दन हुन् ।संविधानदिवसको यस पावनदिवसप्रति नेकपा (एमाले)को निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने संकल्पहो ।  

अन्त्यमा, कोभिड –१९ को महामारी र यसको सम्भावित तेस्रो लहरको खतरा कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउँदै  संविधानदिवसको यस महत्वपूर्ण अवसरलाई  राष्ट्रिय दिवसका रूपमामनाउन म सम्पूर्ण जनसमुदायमाहार्दिक आह्वानगर्दछु ।हाम्रो पार्टीले पनिआज (असोज) ३ गते पार्टीका शीर्ष नेताहरु सहित संविधानदिवस तथा राष्ट्रिय दिवस आयोजना गरेको छ ।संविधानको रक्षागर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षापूरा गर्नेतर्फ अग्रसर रहन म सबैमा आग्रह गर्दछु । 

केपीशर्मा ओली

अध्यक्ष