ए डिभिजन राष्ट्रिय फुटसल लिग आजबाट सुरु हुँदै

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, १२ : ३६
ए डिभिजन राष्ट्रिय फुटसल लिग आजबाट सुरु हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको ए डिभिजन राष्ट्रिय फुटसल लिग आजबाट हुँदैछ । पोखरामा हुने लिगमा आजै २ खेल हुने भएका छन् ।

लिगको पहिलो खेल पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज दिउँसो २ बजेबाट हुने बताइएको छ । ए डिभिजन लिगको यो फुटसलमा १० टिमले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

आज हुने २ खेलमा द राइजिङ क्लब धरान र स्काइ गोल काठमाडौंबीच पहिलो प्रतिस्पर्धा हुनेछन । त्यस्तै स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच दोस्रो प्रतिस्पर्धा हुनेछ ।

२१ दिनमा खेल पूरा गरेर फाइनल गरिने एन्फाले जनाएको छ । त्यतिका समयमा जम्मा ४९ खेल हुने बताइएको छ । लिगको विजेताले नगद रु १० लाख र उपविजेताले ५ लाख पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस