महिला मन्त्रालय खारेज गर्ने तालिबानको तयारी

एजेन्सी

शनिबार, ०२ असोज २०७८, ०८ : २५
महिला मन्त्रालय खारेज गर्ने तालिबानको तयारी

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको अफगान सञ्चारमाध्यमले जनाएका छन् । 

सदरमुकामस्थित मन्त्रालयमा मजदुरहरुले  पुरानो महिला मामिला भवनमा सद्गुण प्रवर्द्धन र उपचार रोकथामका लागि मन्त्रालयका लागि चिन्ह खडा गरेको देखिएको अफगानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। आफ्नो जागिर गुमाएको भन्दै मन्त्रालयका महिला कामदारले भवन बाहिर विरोध प्रदर्शन गरिरहेका केही तस्बीरहरू गत २४ घण्टामा ट्वीटरमा पोष्ट गरिएका छन्। 

तालिबान अधिकारीसँग यस सम्बन्धमा मागिएको प्रतिक्रियामा कसैले पनि तत्काल यस मामिलामा टिप्पणी गर्न चाहेनन्। तालिबानले यस पटक आफूहरूले उदारवादी शासन गर्ने प्रतिवद्धता जनाए पनि महिलाहरूलाई काममा फर्कन अनुमति दिएका छैनन् र विश्वविद्यालयमा लगाउन सक्ने पहिरनबारे नियमहरू लागू गरेका छन् ।

दुई हप्ताअघि घोषणा गरिएको एउटा नयाँ तालिबान सरकारमा महिलाको हितको प्रतिनिधित्व गर्ने कुनै महिला सदस्य समेत सहभागी गराइएको छैन । महिलाहरूले विगत २० वर्षमा आधारभूत अधिकारको लागि लडेका छन् र केही अधिकार स्थापित गर्न सफल भएका छन् यद्यपि उनीहरू विधायक, न्यायाधीश, पाइलट र प्रहरी अधिकृतका लागि योग्य मानिएका छैनन्। 

प्रतिक्रिया दिनुहोस