शंकर पोखरेलविरुद्धको 'अपहरण' मुद्धा दर्ता गरेर अनुसन्धान गर्न प्रहरीकै आनाकानि

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १८ : ४६
शंकर पोखरेलविरुद्धको 'अपहरण'  मुद्धा दर्ता गरेर अनुसन्धान गर्न प्रहरीकै आनाकानि

दाङ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध रुपन्देही प्रहरीमा परेको ‘अपहरण तथा शरिर बन्धक’  सम्बन्धी प्रहरीबाट नै मुद्दा गायब भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पोखरेलसहित चारजनाविरुद्ध परेको मुद्दा गायब बनेको हो। यि दुबै कार्यालयमा अहिले त्यो मुद्दा छैन। न त मुद्धा आधिकारिकरुपमा दर्ता नै भएको बारे प्रहरी खुलेर बोल्न चाहन्न ।

तत्कालिन एमालेको सरकारको बेला लुम्बिनी प्रदेशको मुख्यमन्त्री पोखरेल आफु भएको बेला डिआइजि, रुपन्देहि र दाङको प्रहरी प्रमुख रोजेर आफै ल्याएको कारण उनिविरुद्ध मुद्धा दर्ता गर्न आनाकानी गरेका छन । पोखरेलले लुम्बिनी प्रदेशको डिआइजिमा मुकुन्द आचार्य, रुपन्देही प्रहरी प्रुख एसपी मनोज केसी र दाङको प्रहरी प्रमुखमा सुरेशप्रसाद काफ्लेलाइ ल्याएका थिए ।

आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीले पोखरेलसहित चार जनाविरुद्ध बुटवल प्रहरीमा किटानी जाहेरी दिएकी थिईन्। तर वुटवल प्रहरीले उक्त मुद्दा दर्ता गरेन। 

ओलीले मुद्दामा लेखेको घटना क्रम दाङबाट सुरु भएकाले यो मुद्दा दाङ प्रहरीमा पठाइदिने भन्दै मुद्धा बुझेको भरपाइसहितको प्रतिबद्धता पत्र दिएको मुद्धा दर्ता गर्न रुपन्देही प्रहरीमा पुगेका नेकपा माओबादी केन्द्रका सचेतक तुलाराम घर्तिले बताए । उनले पोखरेल विरुद्धको मुद्धा दर्ताको प्रकृयामा रहेको भन्दै दर्ता नभए प्रहरीले दिएको भरपाई सार्बजनिक गर्ने बताए ।

घर्तिले जसरीपनि मुद्धा दर्ता हुने दाबी गरे । यो मुद्दा रुपन्देही प्रहरीले दाङ प्रहरीलाई पठाईदिएको दाबी गरेको छ । ‘यो मुद्दाको घटना दाङबाट सुरु भएको देखीन्छ ,हामीहरुले यो मुद्दा हेर्ने कुरै भएन,’ रुपन्देही प्रहरी प्रुख एसपी मनोज केसीले भने ‘दाङबाटै सुरु भएको यो घटना दाङ प्रहरीले नै यो मुद्दा हेर्नुपर्ने भएकाले हामीले जिल्ला प्रहरी कार्यालय दाङमै इमेलमार्फत पठाईदिएका छौँ।’ रुपन्देही प्रहरीले दाङ प्रहरीलाई ईमेल मार्फत उक्त मुद्दा पठाएको एसपी केसीले दाबी समेत गरे ।

तर बुटवलले दाङमा पठाएको भनिएको उक्त मुद्दा दाङमा पनि छैन। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पोखरेलसहित चार जनाविरुद्धको जाहेरी कतैबाट पनि कार्यालयमा आईपुगेकै छैन। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी सुरेश प्रसाद काफ्लेले अहिले सम्म पोखरेलविरुद्धको मुद्दा कतैबाट पनि कार्यालयमा आईनपुगेको बताए।  

‘शंकर पोख्रेल सहित चारजना विरुद्ध मुद्दा परेको हामीहरुले पनि सञ्चारमाध्यमबाटै सुनेको हो,’ एसपी काफ्लेले भने ‘तर हामी कहाँ यो मुद्दा आएकै छैन।’ रुपन्देहीका प्रहरी प्रमुख एसपी केसीले मुद्दा पठाईसकेको भन्दै दिएको जानकारीका सम्बन्धमा भने काफ्लेले उक्त भनाईका बारेमा आफूलाई केहि थाहा नभएको बताए। ‘उहाँ (एसपी केसी) ले खै कसरी मुद्दा पठाएको भनेर भन्नु भयो? त्यो त मलाई थाहा भएन,’ एसपी काफ्लेले भने ‘तर हामी कहाँ मुद्दा आएकै छैन, सत्य यही हो।’

 आफूले रुपन्देही प्रहरीमा दिएको जाहेरी गायब भएपछि सांसद बिमला मुद्दा प्रकृयामा फेरी अघि बढने योजनामा रहेको बताइन । उनले आफुल  दिईसकेको मुद्दामा प्रहरीले गर्ने कानुनि कारबाहीमा अझै केही दिन हेर्ने भन्दै बुटवल प्रहरीले दाङमै मुद्दा पठाईदिने र यो मुद्दा दाङबाटै चल्ने बताएको उल्लेख गरिन । ‘बुटवल प्रहरीले मलाई यो मुद्दा दाङमै पठाईदिन्छौँ र दाङबाटै यो मुद्दा चल्छ भनेको हो,’ उनले भनिन् ‘तर अहिले सम्म मैले दिएको मुद्दा किन ओझेलमा पारियो? अझै केही दिन हेर्छु।’

प्रहरीले यसअघि नै दिईसकेको जाहेरीमाथि कुनै ‘एक्सन’ नलिए पुनः आफू स्वयं प्रहरीमा पुगेर जाहेरी दिने योजनामा आफू रहेको सांसद बिमलाले सुनाइन। ‘अहिले आफु  व्यक्तिगत काममा व्यस्त रहेकाले त्यती चासो दिन नपाएको बताउदै  यदि प्रहरीमा दिईसकेको मुद्दा प्रहरीले गायब पारिदियमा फेरी आफै प्रहरीमा उपस्थित भएर मुद्दा हाल्ने चेतावानी दिइन । 

सांसद बिमलाले साउन अन्तिम साता आफूलाई पोखरेलसहित एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकाल, पोख्रेलको सचिवालयका तिरन गौतम र एमाले दाङका जिल्ला नेता मानबहादुर रावतले दाङबाट अपहरण गरि बुटवल पुर्‍याई बन्धक बनाएर राखेको आरोप लगाएकी थिईन्। त्यस्तै माओबादि केन्द्रका प्रदेस सभा सदस्य इन्द्रजित थारुले रुपन्देही प्रहरीमा प्रदेस सभा सदस्य बिमलाले आफै उपस्थित भएर किटाणि जाहेरी दिइसकेकाले प्रहरीले कानुनि कारबाही अघि बढाउनु पर्ने बताए ।

। अहिले उनको सांसद पद खारेजीको माग गर्दै एमालेले मुद्दा चलाएपछि भने उनि पनि पोखरेलविरुद्ध कानुनी रुपमा उत्रिएकी हुन्। एमालेले बिमलाको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ भने संसदबाट कारवाही हुनुपर्ने भन्दै संसद अबरोध समेत गर्दै आएको छ।  

 तर तत्कालीन नेकपाबाट प्रदेशसभाको उपनिर्वाचनमा निर्वाचित सांसद बिमलाले भने नेकपा खारेजी पश्चात आफूलाई दल रोज्ने अधिकार रहेकाले आफूले माओबादी रोजेको बताउदै आएकि छिन्।

प्रतिक्रिया दिनुहोस