सरकारी कोषबाट एकैदिन पौने १५ अर्ब खर्च

पत्रपत्रिकाबाट

शुक्रबार, ०१ असोज २०७८, ०७ : ४४
सरकारी कोषबाट एकैदिन पौने १५ अर्ब खर्च

काठमाडौं । सरकारी कोषबाट एकै दिनमा झण्डै १५ अर्ब रुपैयाँ खर्च भएको छ ।

प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पास हुन नसक्दा सरकारी कोष नै ठप्प हुने स्थिति सिर्जना भएपछि सरकारले बुधबार एकैदिन १४ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो । मंगलबार ६७ करोड रुपैयाँमात्र खर्च भएको थियो ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले भने महिनाको अन्तिम भएकाले त्यति खर्च हुनु खासै ठूलो कुरा नभएको बताए । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस