काठमाडौं । हालै गठित नेकपा एकीकृत समाजवादीले केन्द्रीय कार्यालय स्थापना गरेको छ ।मीनभवनमा खुलेको कार्यालयको उद्घाटन भोलि शुक्रबार बिहान १० बजे हुने केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधारले बताए । कार्यालयको उद्घाटन सो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने बताइएको छ ।
नेकपा एमालेबाट बिद्रोह गरेर गत भदै २ गते गठन भएको एकीकृत समाजवादीले यसअघि नै कार्यालय व्यवस्थापन गरेकोमा भोलि औपचारिक उद्घाटन गर्न लागिएको हो ।
एकीकृत समाजवादीले यसअघि नै संसदीय दलको कार्यालय सन्चालनमा ल्याइसकेको छ। सिंहदरबारस्थित संसद सचिवालय भवनको दोस्रो तलामा समाजवादी संसदीय दलको कार्यालय रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ भदौ २०७८, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय