ब्राजिलमा जहाज दुर्घटनामा एकै परिवारका पाँचसहित सात जनाको मृत्यु

रासस

बुधबार, ३० भदौ २०७८, १४ : २१
ब्राजिलमा जहाज दुर्घटनामा एकै परिवारका पाँचसहित सात जनाको मृत्यु

ब्राजिल । ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ ।

CG Developers Tansen Cement box

मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन् । ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ । 

सो जहाल साओ पाओलो नगरबाट करिब १६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।(सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस