काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो ।
असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हँुदै छन् । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।
आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको जानकारी दिनुभयो ।
परीक्षाको समन्वय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला परीक्षा समितिले गर्नेछ । परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, ५ सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३, २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुन लागेको सदस्य–सचिव अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० भदौ २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा आजै आउने संभावना, अन्तिम तयारीमा जुट्यो बोर्ड
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता