कञ्चनपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले एमालेका उपाध्यक्ष भीम रावलसँग आफ्नो कुनै मतभेद नभएको बताएका छन् । भट्टले एमाले सुदूरपश्चिमको इन्चार्ज आफू नै भएको बताएका छन् । प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको उल्लेख गरे ।
‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठकमा मात्रै होइन अध्यक्षले हामीलाई बालकोटमा बोलाएर सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावले सहजीकरण कार्यदलको नेतृत्व गर्न भन्नु भएको हो,’ भट्टले भने, ‘हामीले त पार्टी अध्यक्ष र कमिटीले गरेको निर्णय मान्ने हो ।’
अध्यक्ष ओलीलाई उदृत गर्दै भट्टले एमालेमा जेठ २ हुबहु लागू हुन नसक्ने समेत बताए । ‘ठ २ हुबहु हुनुपर्छ भन्ने उहाँको माग थियो, तर एकीकरणको भावना समेटेर लैजानु पर्छ, जेठ २ हुबहु हुन सक्दैन भन्ने अध्यक्षको भनाइ छ । अहिले कार्य विभाजनको प्रश्न हो,’ भट्टले भने । उनले थपे, ‘कसैलाई भ्रम नहोस् उहाँ (भिम रावल) र मेरोबिचमा मतभेद अथवा भिन्न मत छैन । सद्भावपूर्ण व्यवहारका साथ र एक(अर्कालाई बुझेर सहकार्य गरेर जाने हो ।’
एमाले सुदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला भट्टले सो प्रष्टोक्ति दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै