लन्डन । वैज्ञानिकहरुले तापक्रम विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको बताएका छन् । वैज्ञानिकहरुले पहिलेको तुलनामा विश्वका विभिन्न स्थानमा तापक्रममा बृद्धि भएको बताएका हुन् । तापक्रम बृद्धिले मानव स्वास्थ्यमा नै गम्भिर चुनौती थपेको उनीहरुको भनाई छ ।
सन् १९८० पछि ५० डिग्री सेल्सिय भन्दाबढी तातो हुने दिन हरेक दशक बढिरहेको छ । सन् १९८० देखि सन् २००९ को अवधिमा औषतमा एक वर्षमा ५० डिग्री वा सो भन्दा बढी तापक्रम पुग्ने दिनको संख्या १४ रहेको थियो । तर, सन् २०१० देखि सन् २०१९ को अवधिमा यो संख्या २६ पुगेको छ । यो अवधिमा ४५ डिग्री र यो भन्दामाथिको तापक्रम वर्षमा ३१ दिन पुगेको छ ।
‘तापक्रम वृद्धिको मुख्य कारक कोइला र ग्यास हो,’ युनिर्भसिटी अफ अक्सफोर्डका वातावरण परिवर्तसम्बन्धी सहनिर्देशक डा। फ्रेडराइक ओटो भन्छन् । सम्पूर्ण पृथ्वी नै तातेपछि तापक्रम बृद्धि सामान्य मानिन थालिएको छ ।
उच्च ताप मानिस र प्रकृतिका लागि घातक मानिन्छ । यसले मानिसबाहेक भौतिक संरचना, सडक र उर्जा प्रणालीमा नै असर गर्छ । मध्यपूर्व र खाडी मुलुकमा सामान्यतया ५० डिग्री सेल्सिय तापक्रम हुन्छ । इटाली र क्यानडामा अहिलेसम्मकै तापक्रमबृद्धिपछि जुनसुकै दिन ५० डिग्री सेल्सिय माथिको तापक्रम जहाँसुकै हुन सक्ने वैज्ञानिकहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस
हुम्लाको तापक्रम माइनस १०
पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियस
निरन्तर घट्दै काठमाडौंको तापक्रम, यस वर्षको अहिलेसम्मकै चिसो दिन आज
तराई क्षेत्रमा अझै पाँच दिन तापक्रम बढने सम्भावना, सतर्कता अपनाउन अनुरोध
हिमालमा पनि बढ्यो तापक्रम