अब सार्वजनिक बिदाको दिन पनि नर्भिककाे ओपीडी खुल्ने

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, ११ : २६
अब सार्वजनिक बिदाको दिन पनि नर्भिककाे ओपीडी खुल्ने

काठमाडाैं  । थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरूमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । तीजको बिदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन  गरेको थियो ।

CG Developers Tansen Cement box

अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिबार र अन्य सार्वजनिक बिदाका दिनहरूमा समेतओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस