काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा प्रेमिकाको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका-८ ठेगाना भइ काठमाडौं टोखास्थित धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपश्चात उनले पोष्ट गरी चरित्र हत्या गरेको बताइएको छ । यससम्बन्धमा उजुरी परेपछि प्रहरीले जिरेललाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखका अनुसार उनलाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ