काठमाडौं । १० वुँदे सहमति कार्यान्वयन हुने र पार्टी २०७५ जेठ २ मा फर्किदासम्म माधव नेपालले अनाहकमा पार्टी विभाजन गरेको भन्दै अन्तिम समयमा माधव नेपाललाई समेत धोका दिएका उपाध्यक्ष भीम रावल अहिले पार्टीभित्रै अप्ठ्यारोमा परेका छन् ।
ओलीले माओवादी नेतृत्वमा रहेको सुदुरपश्चिम प्रदेश सरकार गिराउन एमाले सांसदलाई सरकारबाट फिर्ता आउन स्थायी समिति बैठक बोलाएर निर्देशन नै गरेपनि भीम रावलले तत्काल सरकारबाट फिर्ता नहुने अडान लिईदिए ।
ओलीले जति जोरवल गरेपनि अन्तत सुदुरपश्चिममा ओलीको योजना विफल भयो । त्यसपछि एमालेभित्र सबैले भन्न थाले, सुदुरपश्चिममा भीम रावलको पकड राम्रै रहेछ ।
तर अन्तिम समयमा रावलले माधव नेपाललाई साथ छोडिदिए । एकाएक रावल युटर्न भई ओलीसँग जसरी पनि मिल्नुपर्ने पक्षमा उभिन थाले उनको सुदुरपश्चिममा देखिएको पकड गुम्दै जान थाल्यो । ओली प्रधानमन्त्री रहँदै एक साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर रावलले ओलीसँग भेट गरेका थिए ।
त्यसवेला उनलाई ओलीले एमालेमा आफुपछिको भरपर्दो उत्तराधिकारीहरु नरहेको, संगठनमा वरु अरुको भन्दा रावलको पकड पनि देखिएको र एमालेमा अध्यक्षको लाइनमा रावल बलियो र सशक्त उत्तराधिकारी रहेको र आफुले त्यसका लागि सहज बाताबरण निर्माण गर्ने आश्वासन दिएपछि रावल एकाएक युटर्न भए ।
उनी ओलीसँग मिल्न थाले । कार्यदल ब्यूताउने नाममा माधव नेपाल समुहको प्रतिनिधत्व गरेपनि उनले ओलीको कारिन्दाको रुपमा ओलीले चाहेका निर्णय लिन थाले । ओलीले एमालेबाट माधव नेपाललाई वाहिर राख्ने र अरु नेताहरुलाई विभिन्न नाममा एमालेभित्रै थामथुम पारेर राख्ने योजना बनाएका थिए । त्यही योजनामा रावलले ओलीलाई साथ दिए ।
त्यसपछि एमालेभित्रको राजनीतिक परिदृश्य यस्तो देखियो, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु नेकपा एकीकृत समाजवादी गठन गर्न पुगे । रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेपाल समुहमा रहेका नेताहरु एमालेमै रहे ।
एमालेमा रहेका नेताहरुले सेफल्याडिडका लागि १० वुँदे सहमति कार्यान्वयन भएको र पार्टी जस्ताको तस्तै एमाले २०७५ जेठ २ मा फर्किएको बताए ।
तर अहिले उनै भीम रावल अप्ठ्यारोमा परेका छन् । उनले माधव नेपाल समुहछोडेर ओलीसँग मिल्न गएपछि सुदुरपश्चिममा उनको पकड गुमेको छ । उनकै गृहजिल्ला अछामका पार्टी जिल्ला अध्यक्ष सम्मले पनि रावलको साथ छोडेका छन् । सुदुरपश्चिम प्रदेश सभामा उनको देखिएको पकड खुस्किएको छ ।
पहिलो दल रहेको रावलको पार्टी एमाले त्यहाँ चौथो स्थानमा झरेको छ । वरु माधव नेपालकै पार्टी नेकपा एकीकृत समाजवादी पहिलो दल बनेको छ । पहिलो दलका रुपमा एमालेमा नै सांसद टिकाउन नसकेको र कमजोर पकड ओलीको देखिएपछि ओलीले पनि रावललाई ठेगान लगाईदिने नीति लिएका छन् ।
जेठ २ कार्यानवयनमा आएको भए रावल सुदुरपश्चिम प्रदेश इन्चार्ज हुने थिए । तर यो वीचमा ओलीले माओवादी छोडेर एमाले भएका लेखराज भटटलाई प्रदेश इन्चार्ज बनाएका थिए ।
आइतबार बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज नदिने बताएका थिए । बालकोटमै रावललाई बोलाएर ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै कायम रहने भन्दै इन्चार्ज रावललाई नदिने बताएपछि उनी अहिले अप्ठ्यारोमा छन् ।
अब ओलीसँग निहु खोज्यौ।, आफैले १० वुँदे कार्यान्वयन भएको र एमाले जेठ २ मा फकिर्एको प्रचार गरिएको छ, नखोज्यौं, ओलीले सुरुमै आफ्नै पद खोसेका छन् । यसले रावल अप्ठ्यारोमा छन् ।
रावलले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन । पत्रकारसँग पनि उनी तर्किदै हिडेका छन् । तर उनले आफु निकट नेताहरुको बैठक भने राखेका छन् ।
रावलले आफूनिकट सुदूरपश्चिमका सांसद, केन्द्रीय सदस्य तथा अगुवा कार्यकर्ताहरूसँग छलफल गरेका छन् । छलफलमा रावलले दस बुँदे कार्यान्वयनमा इमानदारिता नदेखिएको बताएका थिए । उनले जस्तोसुकै अवस्थामा पनि पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्नुपर्ने धारणा समेत राखेका थिए ।
दस बुँदे कार्यान्वयन हुन्छ भन्नेमा हामीलाई विश्वास त पहिला पनि लागेको थिएन । तर अब झनै शंका बढेको छ, ती नेताले भने, रावल जत्तिको नेतालाई त पुरानो जिम्मेवारीमा फर्किन संघर्ष गर्न परेको छ भने तल्ला तहका नेता कार्यकर्ताको के हालत होला ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल