बागमती । नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ ।
आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो ।
बागमती प्रदेशसभा सचिवालयमा बसेको उक्त बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ । सो बैठकले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ ।
नेकपा एमालेको विभाजन पछि बागमती प्रदेशसभाका १३ जना सांसदहरुले एमाले त्यगेर नेकपा समाजवादीमा आवद्ध भएका थिए । मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेका भन्दै एमालेलाई जानकारी समेत गराइएको नेकपा समाजवादीका बागमती प्रदेश संसदीय दलका नवनियुक्त नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेकपा एसले प्रदेशसभामा प्रवेश पाए लगत्तै संसदीय दलको सो निर्णयले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री शाक्य आधिकारिक रुपमा अल्पमतमा परेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ भदौ २०७८, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?