कबुल । अफगानिस्तानमा अमेरिकाको २० वर्षको उपस्थितिको अन्तिम दिनमा गरिएको ड्रोन हमलाको दाबीमाथि अमेरिकी मिडियाले प्रश्न गरेका छन् ।
पत्रिका न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टले हमलामा इस्लामिक स्टेटको अपरेटिव मारिएको खबर गलत भएको दाबी गरेका छन् ।
पत्रिकाका अनुसार उक्त हमलामा काबुलका सहायता समूहसँग संलग्न एक व्यक्तिको मृत्यु भएको थियो । मिडिया संस्थाले आफूहरुले जुन प्रमाण भेटेका छन्, त्यसले अमेरिकी सेनाको ती दाबी पनि खारेज गरेको बताएको छ जसमा गाडीमा बिस्फोटक भेटिएको र यसकारण दोस्रो बिस्फोट भएको बताइएको थियो ।
यद्यपि, पेन्टागनले आफूहरु ‘ठूलो खतरा’ लाई रोक्न सफल भएको कुरामा आफू विश्वस्त भएको बताएको छ ।
काबुलमा २९ अगस्टमा एक ड्रोन हमलामा एकै परिवारका १० जनाको मृत्यु भएको थियो । परिवारका अन्य सदस्यले बीबीसीसँगको कुराकानीमा मृत्यु हुनेमा ६ बालबालिका पनि समावेश भएको जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ भदौ २०७८, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने