काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित रहेको जनाइएको छ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता छ।
नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा बैठक बसिरहेको हो।
यस्तै लामो समय हुँदा पनि सरकारले पूर्णता नपाउँदा सबैतिरबाट आलोचना हुँदै आएको छ। गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो। संसदको ठूलो दल नेकपा एमाले फुटेर त्यसका वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन भएपछि पनि सरकार विस्तार हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ भदौ २०७८, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता गठबन्धनको नयाँ अंकगणित : विपक्षीको हातबाट सभामुख–उपसभामुख खोस्ने तयारी
सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक बस्दै