काठमाडौँ । प्रतिनिधिसभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक आज आइतबार पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आइतबार पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
संघीय संसद् सचिवालयले आजको बैठकका सम्भावित २३ कार्यसूची तय गरेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले अवरोध कायमै राख्ने तर सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ । यसबारे अझ स्पष्ट पार्न एमाले संसदीय दलको बैठक अपराह्न १२ बस्दैछ ।
शुक्रबारको बैठक अवरोध गर्ने क्रममा एमालेका सांसदहरुले बेल घेराउ गर्दै रोष्टमतर्फ अघि बढ्ने प्रयास गरेका थिए । सोही क्रममा केही सांसदहरूले सभामुख तथा अर्थमन्त्रीलाई रोक्ने क्रममा आक्रमणको प्रयास नै गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ भदौ २०७८, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध