अर्थमन्त्री र एमसिसी टोलीबीच भेटवार्ता, राजनीतिक सहमति गर्ने आश्वासन

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, १७ : १९
अर्थमन्त्री र एमसिसी टोलीबीच भेटवार्ता, राजनीतिक सहमति गर्ने आश्वासन

काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी अनुदान सम्झौता एमसीसीको टोलीले आज अर्थमन्त्री जनार्दन शर्मालाई भेटेको छ । अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा एमसिसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको थियो ।

जवाफमा अर्थमन्त्री शर्माले सन् २०१७ मा भएको एमसीसी सम्झौताका विषयमा राजनीतिकस्तरमा छलफल भैरहेको जानकारी दिएका थिए । सुमारले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेता बाबुराम भट्टराई, उपेन्द्र यादव र ऊर्जामन्त्री पम्फा भुषाललाई भेटेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस