सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
खनारबाट दुहबीतर्फ आउँदै गरेको ना ५५प ९९७९ नंको मोटरसाइकललाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बिनायक अक्सिजन फ्याक्ट्री छिर्ने क्रममा को १ क ३३९५ नंको ट्रकले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक गिरी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २६ भदौ २०७८, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते