कस्तो रहनेछ आजको मौसम ?

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, ०८ : ०२
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । अबको केही  दिन मनसुन कमजोर हुने भएको छ। मौसम  पूर्वानुमान  महाशाखाका मौसमविद् समीर श्रेष्ठले आंशिक बदलीको  अवस्था  देशका  विभिन्न स्थानमा कायमै रहने जानकारी दिए  ।

उनले  मौसमी प्रणालीमा थोरै सुधार आएकाले पनि मनसुन हालका लागि  कमजोर  बनेको  बताए ।  सुदूरपश्चिम र गण्डकी प्रदेशका केही भेगका मध्यम वर्षा कायमै रहेको छ।

अन्य प्रदेशमा कहिले बदली र कहिले घाम देखिने क्रमसँगै कतै कतै हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस