लोकसेवाका कर्मचारीको नाममा ठगी

पत्रपत्रिकाबाट

शनिबार, २६ भदौ २०७८, ०७ : २६
लोकसेवाका कर्मचारीको नाममा ठगी

काठमाडौं । लोकसेवा  आयोगको  कर्मचारी  बताएर  सरकारी  जागिर  लगाइदिने  प्रलोभनमा  पारेर  सर्वसाधारणलाई  ठगी  गर्ने  एक  जनालाई धरानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ  पर्नेमा  महोत्तरीको  पशुपतिनगर–४  घर  भई  हाल  धरान  उपमहानगरपालिका–  ५  तल्लो देउरालीमा दीपक लिम्बुको घरमा डेरा गरी बस्ने  वर्ष  ५२  को  अमरबहादुर  लामिछाने  रहेका  छन्  ।

 लामिछानेले  आफू  लोकसेवा  आयोगको  कर्मचारी रहेको भन्दै सर्वसाधारणबाट ठूलो रकम असुल्ने गरेका थिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस