राष्ट्रिय सहमति गरेर एमसिसी अघि बढाउँछु : देउवा

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, २० : ०५
राष्ट्रिय सहमति गरेर एमसिसी अघि बढाउँछु : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमति गरेर एमसिसी अघि बढाउने बताएका छन् ।

 नेपाल भ्रमणमा रहेको अमेरिकी अनुदान सम्झौता एमसीसीको टोलीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमति गरेर एमसिसी अघि बढाउने बताएका स्रोतले जनाएको छ । 

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले आज बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गरेको हो । भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस