काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेको नारावाजी र अवरोधका बीचमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेस गरेका छन् ।
सभामुखले अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्न समय दिएपछि दौडेर रोस्टममा पुगेका थिए । राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश र आर्थिक अध्यादेश अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री शर्मा दौडेर रोष्टमतर्फ लाग्दा एमाले सांसदहरुले रोक्न खोजेकाले मर्यादापालकले रोकेका । शर्मा अध्यादेश पेश र अश्वीकृत गर्ने लामो प्रक्रिया चलुन्जेल रोष्टमबाट नफर्की त्यहीँ बसेका थिए ।शर्मा साबधानीपूर्वक दौडदै अघि बढ्दा उनलाई मर्यादापालकले ‘कभर’ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग