सुनसरी । सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६ का १८ वर्षीय रितिक राई रहेको प्रहरीले जनाएको छ । पछाडि सवार सोही स्थानका २१ वर्षीय निरज राईको उपचार भइरहेको छ ।
गएराति १२ बजे उत्तरतर्फ जाँदै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका दुवैलाई उपचारको लागि धरानमा पठाइएको थियो । गम्भीर अवस्थामा रहेका रितिकको आज बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको छ । घाइते निरजलाई थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर रेफर गरिएको छ ।दुर्घटना भएको मोटरसाइकल इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन