काठमाडौँ । नेपाली सेनाले गैँडा मारेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ सेनाको खड्ग दल गण र निकुञ्ज प्रशासनको टोलीले मुगुका नाङ्गी तामाङलाई पक्राउ गरेको हो ।
सेनाले तामाङमाथि विगतमा गैँडा मारेर खाग बिक्री व्यवसायमा संलग्न रहेको आरोप लगाएको छ । काठमाडौंको बौद्ध बस्दै आएका ६२ वर्षीय तामाङलाई बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ भदौ २०७८, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो