एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेटघाट नै केपी ओली सँग

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, ११ : ०५
एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेटघाट नै केपी ओली सँग

काठमाडौं । अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार आज बिहान काठमाडौं आईपुगेकी छिन् । काठमाडौं आए लगत्तै उनले नेपाली नेताहरुमध्ये प्रमुख विपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको श्रोतको भनाई छ । 

यो टोलीलाई नागपोखरीस्थित होटल मेरियटमा बस्ने प्रबन्ध मिलाइएको छ । होटलमा केहीबेर आराम गरेपछि टोली साढे १२ बजे कमलादीस्थित अमेरिकी राजदूतको निवास “कमलकुन्ज” जाने कार्यक्रम र राजदूतसँग केहीबेर भलाकुसारी पछि एमसीसी उपाध्यक्ष सुमार र राजदूत रेण्डी बेरीको टोलीले एमाले अध्यक्ष ओलीसँग भेट्ने तय भएको छ । 

ओलीसँग भेट्न सुमार नेतृत्वको टोली उनको निवास बालकोट साढे १ बजेभित्र पुग्ने र ओलीसँगको भेटघाटको निम्ति १ घण्टाको समय छुट्याइएको छ । बालकोटको छलफल र भेटघाटपछि सुमार टोली साढे २ बजे होटल याक एण्ड यति पुग्नेछ । होटल याक एण्ड यतिमा लञ्च लिएपछि कतिपय भेटघाट र छलफल त्यही तय भएको छ । त्यसपछि अन्य नेताहरुसंग उनले उनको टोलीले भेटघाट गर्ने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस