स्वास्थ्य मापदण्डको पालना गरी तिज मनाउन प्रधानमन्त्री देउवाको आह्वान

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, ०९ : १३
स्वास्थ्य मापदण्डको पालना गरी तिज मनाउन प्रधानमन्त्री देउवाको आह्वान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरी हरितालिका तिज मनाउन आह्वान गरेका छन् ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड-१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तिज मनाउन नपाए पनि स्वास्थ्य मापदण्डको पालना गरी मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै तिज मनाउन अनुरोध गरेका हुन् ।

प्रम देउवाले तिज सामाजिक सदभावसहितको पर्व रहेको र तिजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सदभाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन्।

आज हरितालिका तिज मनाइँदैछ । तिजको अवसरमा महिलालाई सार्वजनिक विदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस