कस्तो रहनेछ आजको मौसम ?

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, ०८ : २९
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षा हुने जल तथा जनाएको छ ।

नेपालमा अहिले भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ। यस्तै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको मौसमविदले बताएका छन् ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस