काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई यथास्थितिमा पारित नगर्ने सङ्केत गरेको छ।
बुधबार बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतअनुसार नै एमाले अगाडि बढ्ने भएकाले यथास्थितिमा एमसीसी पारित नहुने स्पष्ट पारेका हुन् ।
दलको बैठकमा बोल्ने २५ जना सांसदले एमसीसीबारे पार्टीको धारणा माग गरेका थिए । एमालेका मुख्य सचेतक विशाल भट्टराईका अनुसार सांसदहरूले जनताको तहबाट एमसीसीको विरोध भइरहेको, यसमा जनताको सहमति नरहेकाले जनताको असहमति मिचेर पार्टी जान नहुने सुझाव राखेका थिए ।
सांसदहरूको जिज्ञासाको जवाफमा अध्यक्ष ओलीले बैठकमा राख्नुभएको भनाइ उद्धृत गर्दै मुख्य सचेतक भट्टराईले भने, “हामी जनताको विपक्षमा जाँदैनौँ। जनताले गलत भनेको कुरालाई गलत भन्छौँ।
जनताले एमसीसीको विरोध गरेको छ भने त्यहीअनुसार पार्टीले काम गर्छ।” अध्यक्ष ओलीले एमसीसी सम्झौता आफूहरूले नगरेको र यसलाई काँधमा हाल्न जरुरी पनि नरहेको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ भदौ २०७८, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न केपी ओलीले बनाए यस्तो रणनीति
एमालेको अस्तित्व मेटाउन खोज्नेहरू असफल भइसके : केपी ओली
पार्टीभित्रै एक्लिदै ओली !
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव