एमसिसीले सत्ता गठबन्धनमा ध्रुवीकरण

पत्रपत्रिकाबाट

बुधबार, २३ भदौ २०७८, ०७ : २५
एमसिसीले सत्ता गठबन्धनमा ध्रुवीकरण

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा सहभागी दलहरूबीच ध्रुवीकरण सुरु भएको छ।

सरकारले एमसिसीबारे उठेका प्रश्नमा स्पष्ट पार्न संस्थाको मुख्यालयलाई यही भदौ १८ मा पत्र पठाएको थियो। यो पत्रसँगै सरकार एमसिसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गराउने बाटोमा अघि बढेको छ। यही विषयलाई लिएर सत्ता गठबन्धनका सदस्य दलबीच ध्रुवीकरण सुरु भएको हो।  

प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसिसी संसद्बाट अनुमोदन गर्ने उद्देश्यका साथ गृह मन्त्रालयलाई सुरक्षाको तयारी थाल्न निर्देशन दिइसकेका छन्।

उनले मंगलबार संसदीय दलको बैठक राखेर एमसिसी देशको हितमा रहेको र विरोधीहरूको भ्रम चिर्न निर्देशन दिएका छन्। तर सत्ताको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले एमसिसी पास हुन नसक्ने धारणा राखेका छन्।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का भ्रातृ संगठनहरूले पनि एमसिसीको विरोधमा आन्दोलन गरिरहेका छन्।  

माओवादी केन्द्रका अध्यक्ष दाहालले मंगलबार वाइसिएल केन्द्रीय समितिको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै सरकारले एमसिसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई पठाएको कूटनीतिक नोटको सकारात्मक जवाफ नआए त्यो सम्झौता पारित नहुने बताए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस